२०५० सम्ममा क्यान्सरका बिरामी ८५ प्रतिशतले बढ्ने !
काठमाडौँ । क्यान्सर विश्वव्यापी रूपमा एक गम्भीर स्वास्थ्य चिन्ताको विषय बन्दै गएको छ । यस रोगका बिरामी वर्षौँदेखि बढ्दै गइरहेका छन् ।
विगत एक वा दुई दशकको तुलनामा मानिसहरूमा क्यान्सरको बारेमा चेतना बढेको छ । चिकित्सा क्षेत्रमा नवीनता र प्राविधिक विकासले क्यान्सरको उपचार अपेक्षाकृत सजिलो र सस्तो बनाएको छ । तैपनि यो रोग अझै पनि धेरैजसो मानिसहरूको लागि ठुलो चिन्ताको कारण बनेको छ ।
सन् २०२२ मा दक्षिण–पूर्वी एसिया क्षेत्रमा धेरै प्रकारका क्यान्सरका मामिलामा वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का क्षेत्रीय निर्देशक साइमा वाजेदले एक प्रतिवेदनमा उल्लेख गरेकी छिन् । ओठ र मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर बढेका छन् भने बालबालिकाहरूमा समेत लगभग सबै उमेर समूहहरूमा क्यान्सरका मामिला बढेको पाइएको छ ।
यही क्रम चलिरह्यो भने २०५० सम्ममा यस क्षेत्रमा क्यान्सरका नयाँ बिरामी र यसबाट हुने मृत्यु हुने बिरामीको सङ्ख्यामा ८५ प्रतिशत वृद्धि हुन सक्ने चिन्ता प्रतिवेदनमा व्यक्त गरिएको छ ।
डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रको प्रतिवेदन अनुसार २०२२ मा यस क्षेत्रमा क्यान्सरका २४ लाख नयाँ बिरामी भेटिएका छन् । यसमध्ये ५६ हजार बालबालिका थिए ।
जसअनुसार क्यान्सरले १५ लाखभन्दा बढीको मृत्यु भएको थियो । दक्षिण–पूर्वी एसियाली देशहरूमा अन्य क्षेत्रहरूको तुलनामा ओठ, मुख, पाठेघर र बाल्यकालको क्यान्सरका सबैभन्दा धेरै मामिला भेटिएको पनि प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण