गाई तस्करी गर्नेहरूलाई गोली हान्न मन्त्रीको निर्देशन
मङ्गलबार, २२ माघ २०८१, १५ : ३५
भारत । भारतको उत्तर कन्नड जिल्लामा गाई चोरीका घटनाहरू बढ्न थालेपछि त्यहाँका एक मन्त्रीले यस्तो गतिविधिमा संलग्नहरूलाई सीधै गोली हान्न आदेश दिएका छन्।
हालै त्यहाँको होन्नावर भन्ने स्थान नजिकै गर्भवती गाईको हत्याको घटनालाई लिएर स्थानीयहरू आक्रोशित भएपछि मन्त्रीको यस्तो भनाइ आएको हो ।
कर्नाटक सरकारका जिल्ला इन्चार्ज मन्त्री मंकल एस वैद्यले चेतावनी दिँदै जिल्लामा यस्ता गतिविधि हुन नदिने बताएका हुन् ।
उनले गाई पालको हित र संरक्षणका लागि प्रशासनले आवश्यक सबै पहल गरिरहेको पनि बताए ।
पत्रकारसँग कुरा गर्दै मन्त्रीले यसका पछाडि जोसुकै भए पनि निर्मम कारबाही गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । ‘यस्तै यस्तै चलिरह्यो भने दोषीलाई बाटोमै गोली हान्न भनेको छु’, उनले पत्रकारहरूसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण