टेलिकमले यसै वर्ष सर्वसाधारणलाई २५ प्रतिशत शेयर दिने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै उनले शेयर बढाउनुपर्ने बताए ।
उनले यसका लागि यही आर्थिक वर्षभित्र यो प्रक्रिया थाल्ने बताए । उनले टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस लगायत क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
उनले ६ हजार ७४३ वडासम्मै फोरजी सेवा पुर्याएर डिजिटाइज गर्नुपर्ने बताए । जनताले दिएको आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुने उनले बताए ।
उनले इगभर्नेन्सका लागि इन्टरनेट पहिलो पूर्वाधार रहेको भन्दै यो दायित्व पूरा गर्ने जिम्मेवारी टेलिकमको भएको बताए । डिजिटल नेपाल फ्रेमवर्कको आधार तयार गर्ने काम समेत टेलिकमको रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण