झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली

विराटनगर । झापाको कनकाई–४ मनोकामना टोलबाट प्रहरीले ६ राउण्ड गोली प्रहार गरी दुईजना भारतीय लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
कनकाई नगरपालिका ४ मनोकामना टोलमा साँझ ५ः४० बजेको समयमा दुई जना भारतीयले लागू औषध लुकाएर राखेको भन्ने खबर पाएपछि वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरीको टोलीले कारोबारीलाई पिछा गरेको थियो ।
त्यसक्रममा उनीहरू भागेपछि ६ राउन्ड चलाउनु परेको थियो । भाग्ने क्रममा भारत डिघलबैँक थाना वडा नम्बर ५ बिहार घर भएका २८ वर्षीय अन्जर आलमलाई गोली लागेको छ । उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका भाइ १७ वर्षीय युसुव आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरू भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेपसछि साथमा रहेको बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकल र उनीहरूको साथमा रहेको अन्दाजी ३५ ग्राम ब्राउन सुगरसमेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
-
दरबारमार्गको सडकमा नयाँ प्रयोग : यस्तो छ चर्चामा रहेको ग्रेनाइटको कहानी
-
टिपर दुर्घटनामा परी चालकको मृत्यु
-
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित
-
सस्तो हुने भएकाले बेलुनमा भरिएको थियो हाइड्रोजन ग्यास
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री