गोर्खा सैनिक र उनीहरूको परिवारका लागि काम गर्ने राजदूत श्रीवास्तवको प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृत्वको सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबिचको गहिरो ऐतिहासिक साइनो स्मरण गरेका छन् । भारतको ७७ औँ सेना दिवसको अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले सोमबार आयोजना गरेको औपचारिक भोजमा उनले सो कुरा बताएका हुन् ।
राजदूत श्रीवास्तवले भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेन्द्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेनालाई भारतको ७७ औँ सेना दिवसको शुभकामना व्यक्त गरेका थिए । दुई देशका सेनाबिचको गहिरो सम्बन्धको चर्चा गर्दै सिग्देलले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे ।
सो अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरेका थिए । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्सल) के.एम. करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफको रूपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।
नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी सिग्देल सो समारोहको प्रमुख अतिथि थिए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कूटनीतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट