मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सदिक्षा श्रेष्ठ 'मिस नेपाल नर्थ अमेरिका'को आधिकारिक कोरियोग्राफरमा मनोनित

बुधबार, १६ जेठ २०७५, ०९ : २७
बुधबार, १६ जेठ २०७५

अमेरिका - आगामी अगस्ट महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छन् । 

आयोजक मिस नेपाल नर्थ अमेरिकाले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्ट ११ तारिखमा हुँदैछ । 

यसै गरि मिस नेपाल नर्थ अमेरिकाको लागि मिस टुरिजम् २०१८,   इन्टरकन्टिनेन्टल २०१८, मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ फतेना क्वासेमलाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनित गरिएको छ । 

न्युयोर्ककै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्ट ११ मा हुने तय भएको छ । सोही स्थानमा भोज समारोहको समेत आयोजना गरिने बताइएको छ । 

मेलरोज बलरुममा जहाँ हलिवुडका प्रसिद्ध कलाकार रिहाना, कववेब,  स्वान मेडेस, स्टेभी टेलर, नेपाली कलाकारहरु बिपुल छेत्री, मुक्ति एण्ड रिभाईभल जस्ता चर्चित कलाकारले यसै मचंमा आफ्नो प्रस्तुति गरिसकेका छन् । 

सदिक्षा श्रेष्ठ सन् २०१० कि मिस नेपालका साथै सन् २०१७ मा नेपाल बिद्याभुषण पदक बाट सम्मानित भएकी छिन् । उनी सन् २०११ को नेपाल पर्यटनकी सद्भावना दुतसमेत हुन् । उनी सन् २०१० मा बिश्व बन्यजन्तु संरक्षणकी  युवा सद्भावना दुतमा समेत नियुक्ति भएकी छिन् । 

श्रेष्ठ एमबीएकी स्वर्णपदक बिजेता हुन् । उनले मिस पर्सनालीटि, मिस वेस्ट वाक तथा मिस फोटोजेनिक नामक उपाधि पाएकी छन् । उनी सन् २०१० की मिस नेपाल भए पनि अहिले सम्मकै सबै भन्दा धेरै उप शिर्षक पदक प्राप्त गर्ने गरेकी छन् । 

कार्यक्रम उन्नत इन्टरनेशनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्नेछ । ८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको समूहमाको संलग्नता छ । 

प्रथम मिस नेपाल नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्नेछ भने पछिल्लो पुस्ताको लागि नेपाली महिलाका निम्ति सशक्तिकरणका मुख्य नारा यस बर्ष देखि सुरु हुने बताइएको छ ।

प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित हुनुपर्ने, हाइट ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट) हुनुपर्ने, उत्तर अमेरिका निवासी हुनुपर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनुपर्ने तथा जीवनवृत्ति हाँक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ । 

मिस नेपाल नर्थ अमेरिका टोलीमा निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक सभापति हुन् भने अन्य अनुभवी, प्रतिभाशाली बिशिष्ट व्यक्तिहरु यसमा संलग्न छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप