स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बन्ने भएको छ । वडा नम्बर १ मा (नेपालमै पहिलोपटक) नवग्रह मन्दिर निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको हब बन्ने भएको हो । नेपाल कै पहिलो नवग्रह मन्दिर बनाउने र पालिकालाई धार्मिक पर्यटनको हब बनाउने योजना अनुरुप नवग्रह मन्दिरका निर्माण गरिएको अध्यक्ष प्रकाश तिवारीले बताए ।
विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएता पनि देश विदेशमा सिद्धिप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह दिए अनुरुप नवग्रह मन्दिर निर्माण गरिएको तिवारीले जानकारी दिए ।
नवग्रह (नौ आकाशीय पिण्ड)को मन्दिर छिमेकी भारतको आसामस्थित चित्रसाल पहाडमा मात्रै रहेको छ । अर्जुनचौपारमिा निर्माणाधीन मन्दिर भारतको आसामभन्दा फरक रहेको र यहाँ बन्ने नवग्रह मन्दिर विश्व मै पहिलो भएको पालिका अध्यक्ष तिवारीको जिकिर छ । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको हुने बताइएको छ । जुन २७.७ फिटको बन्नेछ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ ।
नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बिचमा पशुपतिनाथको जस्तै पञ्चमूखि शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिने बताइएको छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रहलाई ९ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी मन्दिर संरचना निर्माण गरिँदैछ ।

नौ भूजा रहने पिल्लरमा १३ फिटमा नौ वटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फिटको पिल्लर छन् । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्किएको सौर्यमण्डलीय (ग्रह)को प्रतिमा रहनेछ भने त्यहाँ रहने प्रतिमा हिन्दुधर्ममा कहलिएका धार्मिक ज्योतिषीको विशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ । धार्मिक गुरु तत्वदर्शी ब्रह्मनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले निर्माणाधीन नवग्रह मन्दिरको अवलोकन समेत गरिसकेका मन्दिर व्यवस्थापन समिति अध्यक्ष भरत पोखरेलले बताए ।
यो मन्दिर शनिवार मात्र खुल्नेछ । ९ चक्र मध्ये एक चक्र भक्तजनलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइने गरिको व्यवस्थापन गरिएको छ । नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर फाल्गुन ६ देखि १४ गतेसम्म १ करोड २५ लाख दीप प्रज्वलन गरी भव्य रुपमा गर्ने गाउँपालिकाको तयारी गरिएको पालिकाले जनाएको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी अर्जुचौपारी गाउँपालिका वडा नम्बर १ मा नवग्रह मन्दिरको निर्माण गरिएको हो ।
प्रायः घरमा नवग्रह पूजा गर्ने गरिन्छ, र नवग्रहको विधिवत पूजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म स्थापित गरिएका छैनन् । गण्डकी प्रदेशको मुकाम पोखराबाट करिब ५२ किलोमिटर दुरीमा रहेको नवग्रह मन्दिर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने पालिका अध्यक्ष तिवारीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण