कमिन्सले च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्यून, उनको अनुपस्थितिमा टिमको नेतृत्व कसलाई ?
सिड्नी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले खुट्टाको चोटका कारण च्याम्पिन्स ट्रफी नखेल्ने सम्भावना धेरै रहेको प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले जानकारी दिएका छन् । उनको अनुपस्थितिमा स्टिभ स्मिथ वा ट्राभिस हेडले टोलीको नेतृत्व गर्ने सम्भावना रहेको छ ।
कमिन्सले दोस्रो सन्तानको जन्मका लागि श्रीलंकाविरुद्धको टेस्ट शृङ्खला गुमाएका थिए । तर, सँगै बार्डर गावस्कर ट्रफीमा देखिएको खुट्टाको चोटको समस्याबाट पनि उनी गुज्रिरहेका छन् ।
टेस्ट शृङ्खलामा समावेश नभएका अस्ट्रेलियाका एक दिवसीय खेलाडीहरू बिहीबार श्रीलंका प्रस्थान गर्दैछन् । यो टोलीमा कमिन्स समावेश नहुने बताइएको छ ।
‘कमिन्सले बलिङको अभ्यास सुरु गर्न सकिरहेका छैनन्, त्यसैले हामीलाई नयाँ कप्तान चाहिएको छ,’ म्याकडोनाल्डले भने, ‘स्टिभ स्मिथ र ट्राभिड हेडलाई सम्भावित उम्मेदवारका रूपमा हामीले छलफल गरिरहेका छौँ ।’
यता, अर्का तीव्र गतिका बलर जोश हेजलवुड पनि समयमा नै फिट हुन संघर्षरत रहेका छन् । उनको ढाड र खुट्टामा समस्या देखिएपछि उनले भारतविरुद्धको ५ मध्ये ३ टेस्ट र श्रीलंकाविरुद्धको शृङ्खला गुमाएका थिए ।
त्यस्तै, मिचेल मार्स पनि ढाडको समस्याका कारण च्याम्पियन्स ट्रफी नखेल्ने भएका छन् । अस्ट्रेलियाले मार्सको स्थानमा अर्को खेलाडीको घोषणा गरेको छैन । हालसम्म अस्ट्रेलियाका लागि एक दिवसीय नखेलेका बिउ वेबस्टरले एक दिवसीय टोलीमा स्थान पाउने सम्भावना रहेको म्याकडोनाल्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण