बागमती प्रदेशसभा बैठकमा ५ विधेयक पेस
हेटौँडा । बागमती प्रदेशसभामा ५ विधेयक पेस भएको छ । बुधबार बसेको बैठकमा प्रदेशसभा सचिवालय हेटौँडामा संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित संसद्मा पेस भएको हो ।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए भने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेस गरेका थिए ।
त्यस्तै बैठकमा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी थिइन् ।
बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भइ आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि संसद्मा पेस भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उक्त विधेयकमा प्रदेश प्रमुख देवकोटाले औल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित संसदमा पेस गरेका थिए ।
सो विधेयकहरु प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने तयारी रहेको छ । सोही अनुुसार उक्त विधेयकहरु माथि प्रदेशसभाको बुधबार (आजै) बस्ने दोस्रो बैठकमा संद्धान्तिक पक्षहरु माथि छलफल हुने कार्यसूचि रहेको छ । प्रदेशसभाको बैठक आजै १ः३० बजेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण