भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
काठमाडौँ । सांसद सूर्यबहादुर थापाले भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखेका कारण बेथिति सिर्जना भएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘भारतीय नागरिकलाई भन्सार व्यवस्थापनको जिम्मा दिइएको छ,’ उनले भने, ‘जसलाई दिएको हो त्यो उपस्थित नभएर अर्कोलाई दिइएको छ ।’
साथै उनले भन्सार हुँदै दैनिक उपभोग्य वस्तु आयात नभएको तर खुलेआम अवैध आयात भएको समेत बताए । यसैगरी भारतले दशगजा क्षेत्रमा भारतले सीमा मिचेको तर सुरक्षक निकायले सुरक्षा नदिएको बताए ।
‘दशगजा अहिले दशगजा रहेको छैन । कहीँ पाँच गजा कहीँ सात गजा देखियो,’ उनले भने, ‘दशगजा नेपालले बनाएको पुलसम्म मिच्दै ल्याएको छ । पुलको बिचमा दशगजा हो भनेको अवस्था छ । नेपाली भूमिमा भारतले पिप्रोन पुल निर्माण गर्न दिइएको छैन । यसमा सुरक्षा निकाय जिम्मेवार हुन पर्दैन ?’ यसैगरी जनकपुरको पिप्रोन पुल निर्माण गर्न नदिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण