समाचार
कोटिहोमका लागि काटिएको दाउरा जफत
बुधबार, २३ माघ २०८१, १३ : ३८
पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि काटिएको दाउरा जफत गरेको छ । लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो ।
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।
पोखराको पर्यावरणमै असर पर्ने गरी रुख काटिएको भन्दै चौतर्फी आलोचना भएको छ । मेयर आचार्यले कोटिहोम नै गर्न नदिने चेतावनी दिएका छन् । फाउन्डेसनले पोखराको फेवाताल क्षेत्रमा २ महिनासम्म कोटी होम गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण