‘एक्टरः टेक वन’ हेरेपछि पूर्वमन्त्री झाँक्री : हाम्रो अदालत प्रोएक्टिभ छ
काठमाडौँ । पूर्व मन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टरः टेक वन’ एकदमै रहस्यमय र रमाइलो लागेको बताएकी छन् । मंगलबार साँझ ललितपुरको लबिङ महलमा रहेको क्युएफएक्स हलमा फिल्म हेर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले अभिनेता प्रदीप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई बधाई दिइन् ।
उनले फिल्मले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा नहुनुपर्ने विवाद भएको बताइन् । उनले सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो । यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो । यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन । हाम्रो अदालत पनि प्रोएक्टिभ छ ।’ उनले फिल्मको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने धारणा राखिन् ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा प्रदीप र दिव्याको अलावा राजबल्लभ कोइराला, आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।
अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्म थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक राजन भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण