बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
हेटौँडा । बागमती प्रदेशसभाले ५ वटा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेशसभाको बुधवार बसेको दोस्रो बैठकमा उक्त विधेयक माथि सैद्धान्तिक छलफल सहित विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बुधवार नै बसेको बैठकमा प्रदेशसभाको पहिलो बैठकमा पेस भएको उक्त विधेयकहरूको सैद्धान्तिक पक्षमा छलफल गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।
सो विधेयकहरूको सैद्धान्तिक पक्षहरू माथि सांसद रत्न प्रसाद ढकाल, प्रेमबहादुर पुलामी र उद्धव थापाले छलफलमा भाग लिएका थिए । उनीहरूले उठाएका प्रश्नहरूको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए । सो लगत्तै प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ पेस गरेका थिए । उनले निर्णायार्थ पेस गरेको उक्त विधेयकहरू सर्वसम्मत स्वीकृत भएको हो ।
उक्त विधेयकहरू प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने प्रदेशसभाले तयारी रहेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण