भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
काठमाडौँ । सांसद गंगा कार्कीले भन्सारमा भएका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग नभएको पाइएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधवार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थ समितिका सांसदहरूले गत माघ ११ गतेदेखि १६ गतेसम्म भन्सारहरूको स्थलगत अनुगमन गरेका थिए । उक्त अनुगमनका क्रममा भन्सारमा राखिएका एक्सरे मेसिनहरू प्रयोगविहीन रहेको उनको भनाइ थियो ।
‘प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन । अस्तव्यस्त ढङ्गले राखेका उपकरण प्रयोगमा ल्याइनुपर्छ ,’ उनले भने, ‘यो प्रयोग गर्दा स्वार्थ पुरा नहुने भएकाले प्रयोग नभएको पाइएको छ । उपलब्ध भएका स्रोत साधन प्रयोगमा नल्याई थन्काइएको छ । भन्सार राम्रो भए राज्यलाई फाइदा हुन्छ । राज्यको एक वर्षको बजेट गए पनि जावस् भन्सारलाई चुस्त र दुरुस्त बनाउन जरुरी छ ।’
भन्सारको अनुगमन र छलफलले भन्सार विधेयक बनाउन सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण