एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन

काठमाडौँ । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्नसरकारलाई निर्देशन दिएको हो ।
बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए ।
उनले भने, ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने ।
निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने ।’
समितिले बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो ।