शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
बुधबार, २३ माघ २०८१, १८ : ३०
वासिङटन डीसी । अमेरिकी विदेश सहयोग नियोगका हजारौँ कर्मचारीलाई शुक्रबार रातिदेखि अवकाश दिइने भएको छ । वेबसाइटमा जारी एउटा विज्ञप्तिमा नियोगले भनेको छ ।
विज्ञप्तिमा यूएसएडले मिसन क्रिटिकल फङसन्स, कोर लिडरसिप र विशेष रुपमा तयार पारिएको कार्यक्रमबाहेक सिधै भर्ती गरिएको सबै कर्मचारीलाई हप्ताको अन्त्यदेखि अवकाश दिइने भनेको छ । गत महिना कार्यभार सम्हालेयता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सरकारी पैसामा चल्ने कार्यक्रमहरूमा एकपछि अर्को कटौती गरिरहेका छन् ।
यूएसएडलाई बन्द गर्दा विश्वभर मानवीय कार्यक्रममा ठुलो असर पर्ने तर्क धेरैले गरिरहेका छन् । अमेरिका बाहिर भएका कर्मचारीलाई देशमा फर्किने व्यवस्था मिलाउन विदेश मन्त्रालयसँग मिलेर काम गरिरहेको यूएसएडले भनेको छ । कटौतीमा नपरेका कर्मचारीलाई बिहीबार यसबारे जानकारी दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण