तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन सङ्गठन सुदृढीकरणमा जोड दिएका छन् । पार्टीको पूर्वाञ्चल, तराई–मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको आज बसेको बैठकमा अध्यक्ष थापाले पार्टी मातहतका स्थानीय तह कमिटीलाई तोकिएको मितिमा अधिवेशन गर्न निर्देशन दिए ।
वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकमा आत्मसमर्पणवादी मानसिकता हाबी भएको बताउँदै उनले देश विकास तथा आर्थिक रुपान्तरणका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपर्ने समय आएको बताए ।
उनले पार्टीले उठाउँदै आएका राजनीतिक एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलनमार्फत त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए । समान विचार भएको राजनीतिक दल तथा समूहसँग एकता प्रक्रिया छिट्टै सुरु गरिने बताउँदै अध्यक्ष थापाले विगतमा पार्टीभित्रका केही नेताहरुको सङ्कीर्णता, द्वैध चरित्र र अहङ्कारले टुटफुटको समस्या ल्याएकाले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण