कमलपोखरी स्थित एक खाजा घरमा ग्यास विस्फोट, ११ जना घाइते
बिहीबार, २४ माघ २०८१, ०९ : ४३
काठमाडौँ । काठमाडौँको कमलपोखरी स्थित एक खाजा घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
सो स्थानमा काम गर्ने ११ जना पुरुष घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगर सिरियस भएकोले हिमाल अस्पतालको एम्बुलेन्स बाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।
अन्य घाइतेलाई प्राथमिक उपचार पश्चात् कीर्तिपुर बर्न सेन्टर पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण