ट्रम्पको गाजा योजनाबारे ह्वाइट हाउसले दियो यस्तो स्पष्टीकरण
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गाजाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबारे स्पष्टीकरण दिएको छ । ट्रम्प गाजाको पुनर्निर्माण र त्यहाँका मानिसहरूलाई अस्थायी रूपमा स्थानान्तरण गर्न प्रतिबद्ध भएकाे तर ट्रम्पले स्थानान्तरण स्थायी हुन सक्ने बताएको ह्वाइट हाउसका एक प्रवक्ताले भनेका छन् ।
गाजाको पुनर्निर्माणको लागि यो उदार प्रस्ताव भएको अमेरिकी विदेशमन्त्रीले बताएका छन् । गाजाबाट प्यालेस्टिनीहरूलाई निकालेर अर्को ठाउँमा स्थानान्तरण गर्ने मुद्दाको पाँच प्रमुख अरब देशहरूले विरोध गरेका थिए ।
यस विषयमा इजिप्टको राजधानी कायरोमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टिनी प्राधिकरण र अरब लिगका विदेशमन्त्रीहरूको बैठक बसेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट हटाएर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए । गाजालाई विनाशको ठाउँ बताउँदै ट्रम्पले ‘तपाईँ सायद डेढ लाख मानिसहरूबारे कुरा गर्दै हुनुहुन्छ, तर हामी त्यो सम्पूर्ण ठाउँलाई सफा गरिदिनेछौँ ।’ यो कदम अस्थायी वा दीर्घकालीन दुवै हुन सक्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण