संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेशबारे संसद् बैठकमै पुगेर निर्णय लिने बताएका छन् । राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षलाई सकस पर्ने देखिएपछि नेता गौतम अध्यादेशको पक्षमा उभिन्छन् कि विपक्षमा भन्ने बहस भइरहेका बेला गौतमले अहिले नै गोपनीयता नखोल्ने प्रतिक्रिया दिएका हुन् ।
‘संसद् बैठकमै पुगेपछि निर्णय, गर्छु अहिले गोपनीयता खोल्दिनँ’, गौतमले रातोपाटीसँग भने, ‘भोट हाल्ने ठाउँमा जान्छौ अनि निर्णय गर्छौ अहिले सबै खोतल्न नखोज्नुस ।’
गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपा गरी २७ सांसद छन् । जबकि अध्यादेश स्वीकृत गर्न बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ ।
यस्तोमा मनोनित अञ्जान शाक्यले अध्यादेशको पक्षमा मत हाल्ने निश्चित नै छ । शाक्यको मत जोड्दा २८ पुग्छ । त्यसबाहेक अझै दुई सांसद सत्तापक्षलाई चाहिन्छ ।
त्यसका लागि सत्ता पक्षले ३ सांसद रहेको जसपालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । तर उसले निर्णय लिइसकेको छैन । यस्तो अवस्थामा सत्तापक्षलाई गौतमको समेत साथ चाहिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण