बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, २४ माघ २०८१, १२ : ३९

बुटवल । बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो ।
टिप परको ठक्करबाट गम्भीर घाइते उनको मृत्यु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी
-
कुलमानले सोमबारै लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र (पत्रसहित)
-
राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने
-
पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ
-
कुलमान हटाएको विरोधमा हेटौंडामा टुकी बालेर प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
-
अर्थ मन्त्रालयद्वारा पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल