जसपा कार्यदलले अध्यक्ष यादवलाई बुझायो प्रतिवेदन
बिहीबार, २४ माघ २०८१, १२ : ५८
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न बनेको कार्यदल प्रतिवेदन बुझाएको छ । संसदीय दलको बैठकमा कार्यदलका अध्यक्ष राजकिशोर यादवले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएका हुन् ।
दलको कार्यालय सिंहदरबारमा जारी संसदीय दलको बैठकले सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।
यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवाला सहितसँगको छलफल गरेको थियो। उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै पार्टीले उपयुक्त निर्णय लिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण