आइभीएफ प्रविधिद्वारा अष्ट्रेलियाले बनायो कंगारुको भ्रुण
क्यानबेर्रा । अष्ट्रेलियाका वैज्ञानिकहरूले इन भिट्रो फर्टिलाइजेशन अर्थात् आईभीएफ प्रविधिको प्रयोग गरेर पहिलो पटक कंगारुको भ्रुण विकास गरेका छन् । यसले लोपोन्मुख जीवजन्तु बचाउन मद्दत गर्ने आशा बढाएको छ ।
अनुसन्धाताहरूले पूर्वी खैरो कंगारुको विर्यलाई सिंगल स्पर्म सेलमा राखेर निषेचन गराएका थिए । तर यस पद्दतिबाट कंगारुको बच्चा नै जन्माउन भने थप काम गर्नुपर्ने र यसका लागि प्रविधि अझ परिस्कृत बनाउन जरुरी भएको वैज्ञानिकहरूले बताएका छन् ।
यस पद्दतिले कोआला, तास्मानिया डेभिलजस्ता लोपोन्मुख दुर्लभ प्रजातिको जेनेटिक डाइभर्सिटी सुधार्ने पहलमा मद्दत गर्नसक्ने यस अध्ययनका प्रमुख अनुसन्धाता एन्ड्रेस गाम्बिनीले बताए । अध्ययनमा क्विन्सल्यान्ड विश्वविद्यालयले ल्याबमा कंगारुको अन्डा र वीर्यको वृद्धि विकास हेरेका थिए ।
यसअघि सन् २०१८ मा आईभीएफ पद्दतिको प्रयोग गरेर विश्वमै पहिलो पटक गधाको भ्रुण विकास गरिएको थियो । गएको वर्ष वैज्ञानिकहरूले आईभीएफ पद्दतिबाट गैँडामा गर्भधारण गराएका थिए । पछिल्लो समय आईभीएफलाई विश्वभर लोकोपन्मुख प्रजाति जोगाउने साधनको रुपमा प्रयोग गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण