बादलले भने– माओवादीको जनयुद्ध हिंसा हो
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको कलंक पाप हो । त्यहाँ मर्ने र मार्ने हुन्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीले जनयुद्धबारे गरेको टिप्पणीमा आफ्नो कुनै आपत्ति नहुने पनि बताए ।
जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर गरे । उनले भने, ‘हिंसा भनेको वर्गसंघर्ष हो । अथवा संघर्षको सर्वोच्च रुप हो ।’ यद्यपि प्रत्येक हिंसा भने युद्ध हुन नसक्ने बताए ।
उनले नेकपा गठन गर्दा जनयुद्धको विषयमा ‘नेपालमा चलेको १० वर्षको जनयुद्धले अथवा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको छ’ भन्ने उल्लेख रहेको बताए । उनले नेकपा एमालेको १० औँ महाधिवेशनले पनि त्यो कुरालाई पूर्ण रुपमा उल्लेख नगरेको स्पष्ट पारे ।
उनले जनयुद्ध दिवस माओवादीको स्टन्टबाजी मात्रै भएको समेत जिकिर गरे । बादल सर्वोच्चको आदेशले नेकपा विभाजन भएपछि माओवादी छाडेर एमालेतिर लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण