माग पुरा नभए सबै एलपी ग्यास उद्योग बन्द गर्ने घोषणा
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उद्योग बन्द गर्ने घोषणा गरेको छ । सङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ ।
सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधन लगायतका माग सहित सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । साथै उनले उक्त माग पुरा नभए उद्योग बन्द गर्ने जानकारी दिए ।
उनले २०८१ साल माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरूले नेपाल आयल निगम बाट प्रडक्ट डेलिभरी अडर खरिद नगर्ने बताए ।
२०८१ फागुन १ गते बिहीबार देखि २०८१ फाल्गुण ५ गते सोमबार सम्म सबै ग्याँस उद्योगहरूले विरोधका कार्यक्रमहरू बारे स्थानीय सबै सङ्घ संस्था सञ्चार माध्यमहरू मार्फत र प्रचार प्रसार गर्ने बताए ।
२०८१ फागुन ६ गते मङ्गलवार देखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने बताए ।
२०८१ फागुन १२ गते सोमबार देखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरू कुनै पनि भन्सार नाका बाट नछुटाउने, १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने जानकारी दिए ।
यसैगरी फागुन २२ गते शनिवार देखि देश भरका ग्याँस बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिन समेत अनुरोध गर्ने घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण