कंगोमा जेलब्रेकका क्रममा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि हत्या
कंगो । अफ्रिकी मुलुक कंगोमा जेलब्रेकका सिलसिलामा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ (यूएन)का प्रवक्ताले जानकारी दिएका छन् । गोमा सहरमा रहेको कारागारमा जेलब्रेकका सिलसिलामा भगौडा पुरुष कैदीहरूले आगजनी गरेका थिए ।
यूएन मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मागांगोले सीएनएनलाई दिएको जानकारी अनुसार भगौडा पुरुष कैदीबाट बलात्कृत भएका १६५ जना महिला कैदीमध्ये धेरै आगजनीमा मारिएका हुन् । बलात्कृत भएका ९ देखि १३ जना महिला कैदीमात्र बाँच्न सफल भएका छन् ।
विद्रोही र कंगोको सैनिकबिच गोमा सहरको नियन्त्रणका लागि भिडन्त चलिरहँदा गत जनवरी २७ मा पुरुष कैदीहरूले जेलब्रेकको योजना बनाएका थिए । त्यो दिन करिब ४ हजार कैदी फरार भएका थिए भने केही भने सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए ।
कंगोका सञ्चारमन्त्री प्याट्रिक मुयायाले पनि १६५ जना महिला कैदीको बलात्कार भएको पुष्टि गरे । उनले यस बर्बर अपराधको भर्त्सना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण