घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा शुक्रबार घरेलु टोली नेपालले थाइल्यान्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनाएको हो ।
नेपाली टोलीका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । उनले २९ बलको सामना गरी एक चौका हिर्काइन् । अर्की ओपनर विन्दू रावल भने सात रनमै पेभेलियन फर्किइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतो पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । अनुभवी ब्याटर रुविना क्षेत्री एक रनमै आउट भइन् । कप्तान इन्दू वर्माले टोलीको खातामा १० रन थपिन् ।
छैटौँ नम्बरकी ब्याटर कविता जोशी १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । सीता राना मगरले अविजित सात रन बटुलिन् । अलिशा यादवले भने खातासम्म खोल्न सकिनन् । राजमती ऐरीले १७ बलमा अविजित ११ रन जोडिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि आठ रन पायो ।
थाइल्यान्डकी बलर ओनिचा कामचोम्फुले तीन विकेट लिइन् । जारी त्रिकोणात्मक शृंखलाको यो अन्तिम खेल हो । हालसम्म पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित पहिलो स्थानमा आसिन छ ।
६ खेल खेलेको नेदरल्यान्ड्स आठ अंकसहित दोस्रो स्थानमा छ । नेट रन रेटमा नेदरल्यान्ड्सभन्दा थाइल्यान्ड अगाडि छ । पाँच खेल खेलिसकेको नेपालले भने एक खेल पनि जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण