मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम

काठमाडौँ । सत्तामा रहेको दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको शंखरापुर–लप्सेफेदीमा निर्माण हुने सव स्टेसनको विषय संसदमा उठाएकी छन् ।
शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ‘प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्ती बिचबाट लगिएको सव–स्टेसनले’ स्थानीय जनताको उठिबास हुने अवस्थामा पुगेको बताइन् ।
‘राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताहरू गर्न थालेका छन् । आज प्रशासन र नागरिकबिच भएको द्वन्द्व त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ‚’ उनले भनिन्‚ ‘त्यहाँका जनता विकास विरोधी होइनन् तर राज्यको समन्वयात्मक व्यवहारको कमीले उनीहरूलाई विकास विरोधी जस्तो बनाउँदै गएको छ ।’
उनले जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरिने विकास कार्यले जनतालाई कसरी राहत दिन सक्छ भन्दै प्रश्न गरिन् । ‘विकासलाई जनता स्वयमले आत्मसात् गर्न पाउनुपर्छ सरकारले जनताको आवाजलाई बेवास्ता गरी उम्कन हुँदैन‚’ उनले भनिन् ।
सांसद गौतमले त्यस क्षेत्रका जनप्रतिनिधि र आन्दोलनकारीसँग गम्भीर रूपमा वार्ता गर्न माग गर्दै भनिन्‚ ‘लाठी नभाँचियोस् सर्प पनि नमरोस् भन्ने गरी निकास निकाल्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता