वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहापुर घर भएका दीपक आलेमगर छन् ।
यसअघि पक्राउ परेका ३ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । धरौटी बुझाउन नसकेर अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् ।
काठमाडौँबाट पक्राउ परेका दीपक आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजानेगरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण