आज भीमा एकादशी व्रत, भगवान् विष्णुको पूजा गरी मनाइँदै
काठमाडौं । माघः माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।
एकादशीको लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर ‘जया नाम्नीती विख्याता सर्व पापहरा परा’ जसले जया एकादशीको पवित्र नाम जप्दछ भने उसका श्राप हटेर जाने गर्दछ ।
माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भन्दछन् । यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बर्ताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण