केजरीवालको हारलगत्तै मोदीको प्रतिक्रिया : विकास र सुशासनको जित भएको छ
नयाँदल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताएका छन् । दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भएलगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् ।
मोदीले भने-‘यो जित विकासको हो, सुशासनको जित हो ।’ प्रधानमन्त्री मोदीले दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछैनौ’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन चल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण