बेलायतमा नेपालीले किने १ अर्ब ७५ करोड रुपैयाँमा सपिङ मल
लन्डन । बेलायतमा नेपाली व्यवसायीको एक समूहले एक करोड पाउन्ड अर्थात् झन्डै एक अर्ब ७५ करोड रुपैयाँमा सपिङ मल खरिद गरेका छन् । नेपालीको समुदायको बाक्लो बस्ती रहेको स्थान अल्डरसट टाउन सेन्टरमा सपिङ मल खरिद गरिएको हो ।
बेलायतमा नेपाली उद्यमीहरूले मुख्य हाइ स्ट्रिट क्षेत्रमा खरिद गरेको यो मल सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठुलो लगानी भएको ठानिएको छ ।
५६ वटा बिजनेस युनिट रहेको वेलिङ्टन सेन्टर, नौ तले अफिस भवन रहेको भिक्टोरिया हाउसलगायत युनियन स्ट्रिटमा ६ वटा फ्रि-होल्ड भवनसहितको मल नेपालीको लगानी रहेको पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले शुक्रबारदेखि आफ्नो स्वामित्वमा लिएको हो ।
बेलायतका ठुला ठुला व्यवसाय सञ्चालन हुँदै आएको उक्त मलमा नेसनवाइड बैंक, पोस्ट अफिस (हुलाक कार्यालय), म्याकडोनाल्डस, सबवे, जेडी स्पोर्टस्, पिककक, बुट्स, जिमखाना, स्पेकसेभरलगायत ५ सय कार पार्किङ क्षमता रहेको छ । मलभित्र ४० हजार स्क्वायर फिटसम्म एउटै युनिट रहेका छन् ।
पिआरएन इन्भेस्टमेन्ट लिमिटेडको टिममा पुरन गिरि, नारायण गिरि र राजकुमार गुरुङ संलग्न छन्। पूरण गिरीले सन् २०१५ मा सोही स्थान अल्डरसटमै रहेको प्रतिष्ठित एम्पायर हल र सन् २०२२ देखि सुसी मोटो पनि सञ्चालन गर्दै आएका छन् । बेलायतमा नेपालीहरूमा सबैभन्दा पहिलो ट्याक्सी व्यवसाय सुरु गरेका गिरीसँग प्रपर्टी र हस्पिटालिटी क्षेत्रमा निकै अनुभवी छन् ।
करिब ७ महिना लामो प्रक्रिया लागेको उक्त प्रोपर्टी लिन निकै ठुलो चुनौती र सङ्घर्ष गर्नुपरेको पिआरएन इन्भेस्टमेन्ट लिमिटेडका पूरण गिरीले बताए । उक्त सपिङ मलबाट गत वर्ष नेट आम्दानी १ दशमलव २ मिलियन पाउन्ड र ग्रस आम्दानी २ दशमलव ५ मिलियन पाउन्ड भएको गिरीले जनाए ।
आफ्नो कम्पनीले खरिद गरेको यो प्रपर्टी आफ्नो व्यक्तिगत लाभमा मात्र नभई बेलायतको सिङ्गो नेपाली समुदायकै प्रतिष्ठा र गौरवको विषय बनोस् भन्ने चाहना गिरीको छ । प्रपर्टीको व्यवस्थापन, सुरक्षा, सरसफाइलगायतका काममा धेरै नेपालीहरूका लागि पनि रोजगारी सिर्जना गर्न सक्ने आशा उनले गरेका छन्।
एल एन्ड सी इन्भेस्टमेन्ट लन्डन एन्ड क्यामब्रीजबाट पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले प्राप्त गरेको सो प्रोपर्टीलाई फिसटेल प्रपर्टी सोलुसनले एसेट म्यानेजमेन्ट सम्बन्धी जिम्मा लिएको छ । एसेट म्यानेजर मिलन गुरुङले म्यानेजमेन्टका हिसाबले ठुलो प्रोजेक्ट भएकाले धेरै मेहनत गरिएको बताए । किङ्सगेट फाइनान्सले उक्त प्रपर्टी खरिदमा आर्थिक पाटोको जिम्मा लिएको थियो ।
निकै ठुलो लगानी रहेकाले सामान्य घर खरिद जस्तो सहज नहुने र सामान्य बैंकबाट लगानी सम्भव नहुने भएकाले निकै ठुलो सङ्घर्ष र परिश्रम गर्नु परेको सम्बन्धित पक्षको धारणा छ ।
नेपालीको स्वामित्वमा उक्त मल व्यावसायिक रुपमा मात्र फाइदा नभएर थुप्रै नेपालीहरूले पनि रोजगारीको अवसर पाउने लगानीकर्ताहरू बताउँछन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण