धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
पोखरा । विवादित धर्मगुरु विजय कृष्णमूर्तिले धर्मका लागि आफू अधर्म पनि गर्न तयार रहेको बताएका छन् । पोखरामा गर्ने भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’बारे प्रश्न उठेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘जस्तोसुकै परिस्थिति आएपनि यो यज्ञ रोकिनेवाला छैन’, उनले भने, ‘जुन ठाउँ र मितिमा यज्ञ गरिने तय भएको छ, त्यसमा कुनै तलमाथि हुनेछैन । यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि हामी तयार छौँ ।’ उनले अगाडि भने, ‘धर्मका लागि अधर्म पनि गर्न पर्छ भने विजय कृष्णमूति तयार छ ।’
उनले काम गर्ने क्रममा रुख कटानसहितका केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जान आफू तयार रहेको पनि बताए । यस्तै उनले रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने पनि बताए ।
यस्तै पोखरामा हुने महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गर्दै महायज्ञस्थलको हल अत्याधुनिक हुने र कुनै ध्वनि बाहिर ननिस्कने बताए । यस्तै उनले लेकसाइडमा २५ हजार भन्दा बढी भक्त बाहिरबाट ल्याउने भन्दै कार्यक्रम सफल बनाइने बताए । उनले रातोपाटीसहितका मिडियामा आएका समाचारलाई आफूले सम्मान गर्ने भन्दै रचनात्मक आलोचनालाई सुन्न आफू तयार रहेको पनि बताए ।
रुखहरू अनधिकृत रूपमा मानव सेवा फाउन्डेसनले कोटिहोम सञ्चालनका लागि काटेको हो । पोखरा १४ मा मात्रै ६ वटा चौतारा र ९ वटा ठुला रुख नपलाउने गरी ठुट्याइएको छ ।
फाउन्डेसनले आउँदो वैशाख १७ गतेदेखि लेक साइडको बाराहीघाटमा कोटिहोम गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण