विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दाङ, काठमाडौँ, कास्की लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।
दाङको घोराही उपमहानगरपालिका–४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२–००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका– २ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडकमा बा.प्र.०२. ०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२–०३७ प ०९०३ नम्बरका मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सप्तरीको सुरुङ्गा नगरपालिका–१ सिसुबारीस्थित सडकमा म.प्र.०१–००५ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालकसिराहा लाहान नगरपालिका–५ बस्ने २२ वर्षीय सलाम सेकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका–८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र. ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको छ । आइतबार
बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल