सिलिन्डर विस्फोट : ६ जनाको आइसीयुमा उपचार
आइतबार, २७ माघ २०८१, १३ : ५१
काठमाडौँ । ग्याँस सिलिन्डर विस्फोटमा परेका ११ जनामध्ये ६ जनाको उपचार आइसीयुमा हुँदैछ । कीर्तिपुर अस्पतालमा उपचाररत घाइतेहरूमध्ये पाँच जनाको अवस्था सुधारजनक रहेको छ । उपचाररत घाइते सबैको अनुहारमा जलन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हात, खुट्टा र छातीमा पनि जलन भएको छ । पाँच जना बोल्न सक्ने अवस्था रहे पनि सामान्य अवस्था हुन समय लाग्ने देखिएको अस्पतालले जनाएको छ ।
माघ २४ गते काठमाडौँको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मःम सेन्टरमा अचानक ग्यास विस्फोट भएको थियो ।
घाइते हुने सबै पुरुष रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण