सीके राउतले औँल्याए नयाँ वैकल्पिक शक्तिका चुनौती
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नयाँ वैकल्पिक शक्ति निर्माणमा निकै चुनौती रहेको औँल्याएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै त्यसका लागि धेरै धैर्यता आवश्यक रहेको राउतले बताए ।
नयाँ शक्ति भनिराख्दा २÷४ वटा कुरा याद राख्न उनले सुझाव दिए । निर्वाचित भएको दुई तीन महिनामै जनता र जनताले कायापलटको अपेक्षा गर्ने तर नेतृत्वमा धैर्यता नभए नयाँ शक्तिलाई अगाडि बढ्न चुनौतीपूर्ण हुने राउतको बुझाइ थियो ।
‘पहिलो कुरा नयाँ विचार हुर्काउँदा केही धैर्यता गर्नुपर्छ । पार्टी बनेको एक डेढ वर्षमै केही कामको अपेक्षा राखेका हुन्छन् जनताले । पुराना पार्टीबाट पनि सिक्नुपर्छ’ उनले भने, ‘उनीहरू पनि रातारात आएका होइनन् । उनीहरू पनि ठुला सङ्घर्षबाट आएका हुन् । ३० वर्षको धैर्यता राखेपछि २०४६ सालमा बहुदल स्थापना भयो । त्यसपछि बल्ल उनीहरू सत्तामा पुगे ।’
राउतले नयाँ विचार, दल वा वैकल्पिक शक्तिमा पुरानै प्रवृत्ति भित्र्याएर नयाँ सोचियो भने पार्टी अगाडि बढ्न नसक्ने बताए । ‘धेरै शक्तिशाली पार्टीका नेता आयो भने हामी झन् शक्तिशाली हुन्छ भन्ने मानसिकता हुन्छ । पार्टी नयाँ भए पनि प्रवृत्ति पुरानै हुन्छ । अन्ततः त्यसले पार्टीलाई बदनाम गराउँछ ।’
उनले वैकल्पिक शक्तिलाई नयाँ चुनौती थपिएको समेत बताए । ‘सत्तामा बस्ने पार्टीहरूले थ्रेसहोल्ड थपेर नयाँ पार्टी जन्मिन नदिई भ्रूर्ण हत्या गर्ने काममा लागेका छन् । यसमा सचेत रहनुपर्नेछ ।’
उनले राजनीतिमा नयाँ युवाहरूलाई ल्याउनुपर्नेमा जोड दिए । ‘राजनीति पुराना व्यक्तिहरूको गफ गर्ने थलो होइन । पढे लेखेका विद्वान लाग्ने भनेकै राजनीति हो । यी व्यक्तिहरु राजनीतिमा आए मात्र देश विकास र समृद्धि हुन्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण