मिस नेवाः का प्रतियोगीले देखाए ट्यालेन्ट
काठमाडौँ । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको ‘मिस नेवाः ११४५’का २० जना प्रतिस्पर्धिहरुले आ–आफ्नो ट्यालेन्ट शो गरेका छन् । राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरूले आफ्नो प्रतिभा देखाएका हुन् ।
आयोजक एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागी भएका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा उनीहरूले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख आतिथि रहेको कार्यक्रममा समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
मिस नेवाः ब्युटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने आयोजक हेमा मानन्धरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण