प्रमुख तीन पार्टीप्रति बाबुरामको कटाक्ष : ३० वर्षसम्म देशलाई ठगेर खाए
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले ३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीहरूले देश र जनतालाई ठगेको आरोप लगाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले वैकल्पिक शक्तिले नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने बताए ।
‘कांग्रेसले गरेनन् । कम्युनिस्टले गरेनन् । यी नै तीन वटा टाउकेहरूले ३० वर्षसम्म खाइराखेका छन् । जनताले पनि सत्तामा बस्नेले केही गरेनन् बाहिर बस्नेले गर्छन् कि भन्छन् । फेरि तिनकै पछि लागेका छन् । त्यसले फेरि ठग्छ । पटक–पटक यी तीन वटा टाउकाहरूले ठगेका छन् । यिनले देशलाई हैरान पारिराखेका छन्’, प्रमुख तीन पार्टीलाई लक्षित गरी उनले भने ।
उनीहरूले सत्तामा बस्दासम्म उत्पातै गरेको दाबी गर्ने तर सत्ताबाट बाहिरिएपछि केही भएन भन्ने सोचबाट नयाँ शक्ति मुक्त हुनुपर्ने उनले स्पष्ट पारे । वैकल्पिक शक्तिले पनि डेन्टिङ पेन्टिङ गरेर पुरानै तरिकाले गए मन्त्री तथा प्रधानमन्त्री पनि बन्न सक्ने तर यसले राजनीतिक निकास ननिक्लने उनको बुझाइ छ ।
‘नयाँ वैकल्पिक शक्तिहरूले पनि डेन्टिङ पेन्टिङ गरेर राज्यको विभिन्न पदमा पुग्न सक्छन् । प्रचण्ड जस्तै चलाख व्यक्ति भए प्रधानमन्त्री पनि भइन्छ’, उनले भने, ‘वैकल्पिक विचारको संश्लेषण आवश्यक छ । विचार संश्लेषण गरेर जनतामा जानुपर्छ । विचार नै प्रस्ट नभएसम्म नयाँ अभियान पुरा हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण