टाइमको कभरमा मस्क, राष्ट्रपतिको कुर्सीमा देखाइयो
वासिङ्टन डिसी । टाइम म्यागजिनको नयाँ प्रिन्ट संस्करणको कभरमा विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई ओभल अफिसको रेसोल्यूट डेस्कमा बसेको देखाइएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कभर हेरेपछि खिस्याउँदै अहिले पनि टाइम म्यागिन प्रकाशित भइरहेको भनेर प्रश्न गरेका छन् ।
कभर इमेजमा मस्क हातमा कफीको कप लिएर राष्ट्रपतिको कुर्सीमा बसिरहेको देखाइएको छ । अनि पृष्ठभूमिमा अमेरिका र राष्ट्रपतिको झन्डा छ । पत्रिकाको कभरको पृष्ठभूमि रातो रंगको छ । टाइमले शुक्रबार एउटा कभर स्टोरी लेखेको थियो । यसको शीर्ष ‘इन्साइड एलन मस्क वार अन वासिङ्टन’ लेखिएको छ । स्टोरीमा पछिल्लो महिना जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्प प्रशासनमा मस्कले उठाएका कदमहरूको पनि उल्लेख गरिएको थियो ।
मस्क टाइमको कभरमा आएको यो दोस्रो पटक हो । यसअघि उनलाई गएको वर्ष नोभेम्बरमा पनि कभरमा देखिएका थियो । त्यतिबेला उनी ‘सिटीजम मस्क’को रूपमा कभरमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण