नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध अर्को मुद्दा दायर
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ पच्चीस पैसा वैध आर्जन गरेको देखिएको घिमिरेको भनाइ छ ।
जबकि उनले अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा खर्च तथा लगानी गरेको देखिएको घिमिरेले जानकारी दिए ।
यस आधारमा निजको जाँच अवधिको कूल/समग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक हुन गई जाँच अवधिमा आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उनन्सत्तरी पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएसँगै सोही रकम बराबरको बिगो र जरिवाना मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेको भनाइ छ ।
यसअघि उनीविरुद्ध ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण