ब्रेकिङ समाचार
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
आइतबार, २७ माघ २०८१, १७ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई विशेष जिम्मेवारी दिएको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले उनलाई राजनीतिमा स्वागत गर्ने निर्णय गर्दै विशेष जिम्मेवारी दिने निर्णय गरेको हो।
माओवादीले विशेष जिम्मेवारी भनेर उनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको एक उच्च नेताले रातोपाटीलाई बताए । यससँगै अब उनी सक्रिय राजनीतिमा फर्किने भएका छन् ।
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । तर उनलाई पार्टीले कुनै जिम्मेवारी भने दिएको थिएन ।
पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो । समाचार पछि यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण