एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ चयन
आइतबार, २७ माघ २०८१, १८ : ४१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तीनकुनेस्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो। त्यसै गरि उपाध्यक्षमा अशोक थापा,कल्याण दाहाल,किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं,डम्बर सिंह, राजकिशोर यादव,नरेश न्यौपाने रहेका छन्।।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन्। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
-
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण
-
दयाहाङको ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने
-
हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँमा ६ दिनपछि राहत सामग्री पठाइयो
-
डिपोर्टेशन मामिलामा ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशले दिए चेतावनी
-
पाकिस्तानी टोलीमा परेनन् बाबर आजम, मोहम्मद रिजवान र शाहिन शाह