माओवादीको केन्द्रीय कार्यालय र प्रचण्डको सचिवालयमा क–कसले पाए जिम्मेवारी ?
आइतबार, २७ माघ २०८१, २० : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय र अध्यक्ष प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर भएको छ ।
केन्द्रीय कार्यालयको मुख्यसचिवमा गणेशमान पुनलाई ल्याइएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालयको मुख्यसचिवमा श्रीराम ढकाल थिए । यस्तै सचिवमा डोरप्रसाद उपाध्याय कायम रहँदा प्रचण्डको सचिवालय प्रमुखमा भने गोविन्द आचार्यलाई लगिएको छ ।
हालका सचिवालय प्रमुख रमेश मल्ललाई अन्यत्रको जिम्मेवारी दिइएको छ । यस्तै प्रचण्डको सचिवालयमा सन्तु दराई, गंगा दाहाल, गोकर्ण प्रसाद भट्ट र विश्वदीप पाण्डेलाई पनि राखिएको माओवादी स्रोतले बतायो । यसबारे आधिकारिक निर्णय गरेर आइतबार नै मातहतका कमिटीलाई पत्राचार गरिएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण