नेताहरू संसदमा व्यस्त, उच्चस्तरीय संयन्त्र बैठक प्रभावित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रभावित भएको छ ।
साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको संयन्त्रको बैठक बोलाइए पनि नेताहरू अबेरसम्म संसद् बैठकमा भएकाले प्रभावित भएको हो । यद्यपि, केही नेताहरू बैठकका लागि साँझ बालुवाटार पुगेका थिए । तर, संयन्त्रमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक तथा परराष्ट्रमन्त्री आरजु देउवा राणा संसद्मा भएकाले बैठक औपचारिकतामा प्रवेश नगरी स्थगित भएको हो ।
बालुवाटार स्रोतका अनुसार संयन्त्रको अर्को बैठक माघ २९ गते साँझ ५ बजे बस्नेगरी नेताहरू आइतबार त्यतिकै फर्किएका हुन् ।
सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।
संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरूमा समेत संयन्त्र गठन गरेका छन् । दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।
सरकारले ३१ वटा कानुन संशोधन गर्न ६ वटा अध्यादेश ल्याएको थियो । तर, राष्ट्रिय सभामा सत्तापक्षको बुहमत नभएपछि ती अध्यादेश संसद्मा निर्णायार्थ पेस हुन सकेका छैनन् । राष्ट्रिय सभामा ३ सांसद रहेको जसपा नेपाललाई फकाउने प्रयासमा रहेको सत्तापक्षले जसपालाई कसरी फकाउने भन्नेमा संयन्त्रमा छलफल गर्न लागेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण