माओवादी निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सम्मेलन हुँदै
धनगढी । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथौँ राष्ट्रिय सम्मेलन कैलालीमा हुने भएको छ ।
टीकापुरमा फागुन २० देखि २२ गतेसम्म सम्मेलन गर्न लागिएको छ । सम्मेलन तयारीका लागि हालै धनगढीमा बसेको मोर्चाको विस्तारित बैठकबाट विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।
मोर्चाका कैलाली अध्यक्ष तिलक चौधरीका अनुसार २४ जिल्लाबाट सहभागिता हुने सम्मेलनमा १५ सय जना प्रतिनिधिहरूको सहभागिता रहने भएको छ । जुन सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने भएको छ । साथै सम्मेलनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जर्नाधन शर्मा, नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीलगायतको सहभागिता रहने मोर्चाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण