९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
काठमाडौँ । ९० हजार मेट्रिक टन गहुँ आयातका लागि ५८ कम्पनीको आवेदन प्राप्त भएको छ । भारतले दिने कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माघ १४ गते व्यापार कम्पनी/फर्महरूलाई आवेदन माग गरेको थियो ।
सोहीअनुसार गहुँ आयातका लागि ५८ कम्पनीले उक्त गहुँ आयातका लागि आवेदन दिएका हुन् । विभागका अनुसार प्रत्येक कम्पनीले न्यूनतम १०० मेट्रिक टन देखि १० हजार मेट्रिक टन परिमाण गहुँ आयात गर्न पाउने विभागले जनाएको छ । साथै उक्त गहुँ आयातका लागि इच्छुक फर्म/कम्पनीको चुक्ता पुँजी कम्तीमा एक करोड हुनुपर्ने उल्लेख गरेको विभागले जनाएको छ ।
आयात गर्न इच्छुक फर्म/कम्पनीले आयातका लागि नेशनल को–अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल)लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने र कोटा प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र आयात गरी सक्नुपर्ने विभागले जनाएको छ ।
सरकारले २ लाख मेट्रिक टन गहुँ आयात गर्ने प्रक्रिया अघि बढाएको छ । जसमध्ये १ लाख मेट्रिक टन गहुँ उद्योग विभाग, ९० हजार वाणिज्य विभाग र १० हजार मेट्रिक टन साल्ट ट्रेडिङलाई आयात गर्ने जिम्मा दिइएको छ । वाणिज्य विभागमार्फत आयात हुने उक्त गहुँ व्यापारिक प्रयोजनका लागि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण