फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार

काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललित ऐरले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
फाप्ला क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलका क्रममा खेलाडीले छक्का प्रहार गरेको बल हावामै समाएर ललितले ब्रेड बक्सको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।
ब्रेड बक्सले फाइनल खेलमा खेलाडीले प्रहार गरेको छक्का समात्ने पहिलो दर्शकलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो । खेलाडीले छक्का प्रहार गरेका अन्य बल समाउने दर्शकलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा ब्रेड बक्सले गरेको थियो ।
यसअघि, आइतबार खेलिएको सेमिफाइनल खेलमा पनि खेलाडीले छक्का प्रहार गरेको बल क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललित ऐर फाइनल खेल हेर्नका लागि चारजना काकासँगै फाप्ला मैदानमा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख रुपैयाँ पढाइमा लगानी गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिलालाई अवसर दिए प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्’
-
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दैछ : मन्त्री भट्टराई
-
उपमुख्यमन्त्रीको आलोचना गर्ने कमेडियनविरुद्ध एफआईआर
-
थाहा छैन मेरा कति भाइ बहिनी छन् : मस्ककी जेठी छोरी
-
इन्डियन प्रिमियर लिग : पूर्वकप्तान आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा
-
जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह