फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार
काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललित ऐरले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
फाप्ला क्रिकेट मैदानमा सोमबार खेलिएको फाइनल खेलका क्रममा खेलाडीले छक्का प्रहार गरेको बल हावामै समाएर ललितले ब्रेड बक्सको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् ।
ब्रेड बक्सले फाइनल खेलमा खेलाडीले प्रहार गरेको छक्का समात्ने पहिलो दर्शकलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो । खेलाडीले छक्का प्रहार गरेका अन्य बल समाउने दर्शकलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा ब्रेड बक्सले गरेको थियो ।
यसअघि, आइतबार खेलिएको सेमिफाइनल खेलमा पनि खेलाडीले छक्का प्रहार गरेको बल क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललित ऐर फाइनल खेल हेर्नका लागि चारजना काकासँगै फाप्ला मैदानमा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख रुपैयाँ पढाइमा लगानी गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण