राजनीति
माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान
सोमबार, २८ माघ २०८१, १९ : ००
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान गरेको छ ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीको भनाइ छ ।
फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले बताए ।
भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उनको भनाइ छ ।
पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न एमाले, कांग्रेस लगायतका दलहरूले पनि यस्तो भेला गर्दै आएका छन् । सोहीअनुसार माओवादीले पनि भेला गर्न लागेको र सो भेलामा उनीहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण