च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
काठमाडौँ । एकदिवसीय विश्वकप पछिको दोस्रो ठुलो प्रतियोगिता आईसीसी च्याम्पियन्स ट्रफीको संघारमै आफ्ना युवा अलराउन्डर ज्याकब बेथेल घाइते भएपछि इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड चिन्तामा परेको छ ।
इङ्ल्यान्डको क्रिकेट टोली च्याम्पियन्स ट्रफीअघि हाल भारत भ्रमणमा छ । भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका क्रममा २१ वर्षीय बेथेल घाइते भएका हुन् । उनी ह्यामस्ट्रिङको समस्याबाट पिडीत भएको समाचारमा जनाइएको छ ।
उनले भारतविरुद्धको पहिलो एकदिवसीयमा उत्कृष्ट अर्धशतक पनि बनाएका थिए । ह्यामस्ट्रिङ समस्याबाट पीडित भएपछि उनी भारतविरुद्धको तेस्रो एकदिवसीयसँगै आगामी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिएको समाचारमा जनाइएको छ ।
आगामी च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डलाई पनि उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, आफ्ना प्रभावशाली अलराउन्डर घाइते भएर बाहिरिएपछि इङ्ल्यान्डको टोली दवावमा परेको छ ।
उनले सन् २०२४ को सेप्टेम्बरमै इङ्ल्यान्डको टोलीबाट ‘डेब्यू’ गरेका थिए । त्यसयता उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । समाचारमा जनाइए अनुसार, अब उनले चारदेखि ६ सातासम्म मैदानबाट बाहिर रहनुपर्नेछ ।
उनी च्याम्पियन्स ट्रफीका लागि घोषित इङ्ल्यान्डको टोलीमा पनि परेका थिए । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखमा पाकिस्तान र यूएईमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण