सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी र नुवाकोटमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कोशीपुलस्थित सडकमा प्रदेश १–०२–००२ च ५४७९ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहिदभूमी गाउँपालिका–१ त्रिवेणी बस्ने २५ वर्षीय
सुमन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै नुवाकोटको लिखु गाउँपालिका–५ अमिलबोटेस्थित सडकमा बा.प्र.०६००१ ज ०४३९ नम्बरको गाडी र बागमती प्रदेश ०२–०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रसुवा उत्तरगया गाउँपालिका–५ बस्ने ३८ वर्षीय पुरूषोत्तम लामिछानेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चिरायु नेश्नल अस्पताल बसुन्धारा काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण